चुम्लिङ्गटारमा नि : शुल्क स्वास्थ्य शिविर,२३५ जनाले लिए सेवा

चुम्लिङ्गटारमा  नि : शुल्क स्वास्थ्य शिविर,२३५ जनाले लिए सेवा

चुम्लिङ्गटार : चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा २३५ जनाले नि : शुल्क स्वास्थ्य जाँच तथा उपचार सेवा लिएका छन् । जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्र रत्ननगर चितवनको आयोजनामा नागरिक आरोग्य सेवा केन्द्र इच्छाकमना ३ चुम्लिङ्गटारमा सम्पन्न नि :शुल्क शिविरमा १३१ पुरुष र १०४ महिला गरि २३५ जनाले स्वास्थ्य सेवा लिएका हुन् ।
शिविरमा मलद्धार सम्बन्धी रोग,स्त्री तथा प्रशुती , मानसिक रोगहरु ,छाला सम्बन्धी रोगहरु,श्वास प्रश्वास लगायत रोगहरुको जाँच तथा उपचार सेवा प्रदान गरेका थिए ।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उक्त शिविरको उद्घाटन गर्नुभएको थियो।
जिल्ला आयुर्वेदक स्वास्थ्य केन्द्र रत्ननगरका प्रमुख डा.कोपीला अधिकारीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ, वडाध्यक्ष गोवर्धन अधिकराी लगायतको आतिथ्य रहेका थिए ।

यसैबिच नागरिक आरोग्य सेवा केन्द्र इच्छाकमना ३ चुम्लिङ्गटारमा स्वास्थ्य उपचार गर्न आउनेहरुको संख्या बढ्दै गएको छ । हाल दैनिक निरन्तर सेवा लिने संख्या ३० ÷ ३५ जना रहेको केन्द्रले जनाएको छ ।