फिस्लिङ बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा गोवर्धन अधिकारी

फिस्लिङ : चितवनको इच्छाकामना ३ फिस्लिङमा अवस्थित फिस्लिङ बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा गोवर्धन अधिकारी चयन हुनुभएको छ । बिहिबार सम्पन्न आठौँ साधारण सभाले अधिकारीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । साधारण सभाले उपाध्यक्षमा सरिता गुरुङ, सचिवमा लक्ष्मण श्रेष्ठ,कोषाध्यक्षमा पुष्पकुमार गुरुङ र सहसचिवमा कञ्चन गुरुङ चयन भएका छन् । सदस्यहरुमा रण बहादुर बुढाथोकी,विनोद श्रेष्ठ,गगन गुरुङ र मिन माया गुरुङ रहेका छन् । अध्यक्ष बाहेक अन्य पदाधिकारीमा विवाद भएपछि २४ गते उद्घाटन गरिएको साधारण सभाले समिति चयन गर्न सकेको थिएन ।
साधारणसभाको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले उद्घाटन गर्नुभएको
थियो ।
साथै साधारणसभाले नयाँ उपसमितिहरु पनि चयन गरेका छन् ।
ऋण समिति : एक बहादुर गुरुङ,रामजी थापा, र जित बहादुर प्रधान,
लेखा समिति : सुरज गुरुङ, माधव पोखरेल र सुभाष श्रेष्ठ
शिक्षा समिति : किरण श्रेष्ठ, सिर्जजना लामिछाने गुरुङ,कर्ण बहादुर गुरुङ,तूल बहादुर गुरुङ र विष्णु गुरुङ
सल्लाहाकार समिति : बेत बहादुर थापा मगर, प्रताप गुरुङ, उत्तम गुरुङ, ऋषिराम अधिकारी , लोक बहादुर गुरुङ , कटक बहादुर गुरुङ र घामनारायण श्रेष्ठ
