त्रिशुली नदीमा स्कार्पियो खस्यो, ७ जना घाइते

त्रिशुली नदीमा स्कार्पियो   खस्यो, ७ जना घाइते

मुग्लिन : नारायणगढ –मुग्लिन सडकखण्डमा स्कार्पियो दुर्घटना हुदाँ ७ जना घाइते भएका छन् । आज साँझ ६बजे नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बा १३ च ४३६५ नम्बरको स्कार्पियो चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित ३ नम्बर पुलनजिकैबाट ४० मिटर तल त्रिशूली नदीमा खसेको हो । उनीहरुको घटनास्थलबाट उद्धार गरि अस्पतालतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । स्कार्पियोमा चालकसहित ७ जना सवार थिए । घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।