निवन्ध लेखन प्रतियोगितामा प्रेस यूनियन चितवनका उपाध्यक्ष  पत्रकार सूर्यप्रसाद अधिकारी प्रथम

निवन्ध लेखन प्रतियोगितामा प्रेस यूनियन चितवनका उपाध्यक्ष  पत्रकार सूर्यप्रसाद अधिकारी प्रथम

चितवन, ३ माघ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आयोजना गरेको निवन्ध लेखन प्रतियोगितामा प्रेस यूनियन चितवनका उपाध्यक्ष पत्रकार सूर्यप्रसाद अधिकारी प्रथम भएका छन् । `नेपालमा प्रेस स्वतन्त्रताको वर्तमान अवस्था´ बिषयक निवन्ध लेखन प्रतियोगितामा अधिकारी पहिलो, पत्रकार रामशरण गैरे दोस्रो र सुनिल पराजुली तेस्रो भएका हुन् ।

महासंघ चितवन शाखाका सचिव एवं प्रतियोगिताका संयोजक दीपेन्द्र अधिकारीले बिज्ञप्ति निकालेर नतिजा सार्वजनिक गरेका हुन् ।

पहिलो हुने अधिकारी रेडियो नेपालका लागि चितवन सम्बाददाता साथै बाह्रखरी अनलाइनमा आवद्ध छन् भने गैरे चितवनपोष्ट दैनिकमा आवद्ध छन् । यस्तै पराजुली कालिका एफएममा कार्यरत छन् ।

संयोजक अधिकारीका अनुसार प्रतियोगितामा ११ जना पत्रकार सहभागी भएका थिए । पहिलो, दोस्रो र तेस्रोलाई महासंघले औपचारिक कार्यक्रममार्फत पुरस्कार वितरण गर्ने सचिव अधिकारीले बताए ।

पहिलोले रु ५ हजार, दोस्रोले रु ३ हजार र तेस्रोले २ हजार नगद पुरस्कार पाउनेछन् । निबन्ध प्रतियोगिताको छनोट समितिमा वालकृष्ण थपलिया, संगीत आयामलगाएत सहभागी थिए ।