इच्छाकामनाका ३ सहित चितवनमा आज २५२ जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामनाका ३ सहित चितवनमा आज २५२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन : पछिल्लो २४ घण्टामा चितवनमा थप २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ७४१ पिसिआर र ९५ जना गरि ८३६ जनामा गरिएको परिक्षणमा २५२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार संक्रमित मध्ये सबै भन्दा धेरै १८८जना भरतपुर महानगरपालिका भित्रका रहेका छन । खैरहनी नगरपालिकामा ८,माडीमा ३,रत्ननगरमा ३३,राप्तीमा ११,कालिकामा ५ र ईछाकामनामा ४ जना थपिएका हुन् ।
संक्रमित मध्ये ८६७ होमआइसोलेसन र २६ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चितवनमा सक्रिय संक्रमितको संख्या ८९३ पुगेको छ । हाल सम्म संक्रमितको संख्या २८ हजार १३३ पुगेको छ भने २६ हजार ८०३ जना निको भएका छन् । हाल सम्म मृत्यु हुनेको संख्या ४३७ रहेको छ ।