नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

नेपालमा थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरमा २३ हजार ४०९ नमुना परीक्षण गर्दा ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा चार जना संक्रमितको मृत्यु भएको छ । हाल देशभर ४७ हजार ९२९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।