इच्छाकामनाका सुकुम्वासीद्वारा गाउँपालिकामा ज्ञापनपत्र

कुरिनटार : चितवनको इच्छाकामनाका सुकुम्वासीहरुले लाल पुजा{ वितरणका लागि गाउँपालिकाले ढिला गरेको भन्दै ध्यानाकष{ण गराएका छन् । आज गाउँपालिका काया{लयमा उपस्थित भइ सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुले अध्यक्ष गीता कुमारी गुरुङलाई ज्ञापन पत्र समेत बुझाएका छन् । चितवनका अन्य स्थानीय तहमा लाल पुजा वितरण काय{ सुरु हुन लाग्दा समेत इच्छाकामना गाउँपालिकामा अझै अन्यौलता भएको भन्दै उनिहरु आक्रोशित भएका छन् ।
गाउँपालिकाले समयमै सुकुम्वासीको तथ्याङ्गक मन्त्रालयमा नबुझाएकोले ढिला भएको उनिहरुको भनाई छ । जतीसक्दो चाँडो लालपुजा{ वितरण हुने अवस्था नभए आन्दोलन गने{ चेतावनीसमेत दिएका छन् । गाउँपालिकालाई चाडौँ सम्झौता गन{ दबाब स्वरुप ज्ञापनपत्र बुझाएको उनिहरुले बताएका छन् ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले आफुहरु जती सक्दो चाडोँ लाल पुजा{ वितरण गन{ लागी परेको बताउनुभयो ।उहाँले अव्यवस्थित तथा सुकुम्वासीहरुको धेरैको नागरिकता समेत नहुदाँ नागरिक बनाउँदा सिफारिस लागयतका झन्झटिलो कारण अन्य ठाउँ भन्दा इच्छाकामनामा केही ढिला भएको स्वीकार गनु{भयो । वेवसाइटमा अनलाईन इन्ट्रि गने{ क्रममाबिचमै सुकुम्वासी आयोग विगठन भएपछि ढिला भएको उहाँको भनाइछ ।
उपाध्यक्ष कृति कुमार श्रेष्ठले सबै पालिकामा एकैपटक वितरण नहुने भएका कारण पहिलो चरणमा छुटेको बताउनुभयो । उहाँले आफुसमेत केन्द्रमा निरन्तर सम्पक{मा रही बुझिरहेको बताउँदै देशभर केही जिल्लाका केही स्थानीय तहमा मात्र अहिले वितरण हुने र बाँकी पालिकामा पनि चाडैँ वितरण हुनेभएकोले केही स्थानीय तहमा मात्र परेको बताउनुभयो । चाडैँ लालपुजा{ पाउनेमा कुनै शंका नगन{ अनुरोध गदै{ फागुनभित्रै लाल पुजा{ पाउने बताउनुभयो ।
लगत संकलन इकाई इच्छाकामना संयोजक हरि देवकोटाले अनलाइनमा इन्ट्रि गने{ क्रममा बिचमै सुकुम्वासी आयोग नै विघठन भइ वेबसाइट बन्द भएपपछि ढिला भएको बताउनुभयो।उहाँले केन्द्रमा निरन्तर सम्पक{मा रहेको र जती सक्दो चाँडो लालपुजा{ वितरण गरिने बताउनुभयो ।
