रिग्दीखोलामा अवैध उत्खनन् , गाउँपालिकाको आडमा ढुंगा गिट्टी बालुवा उत्खनन् भएको स्थानिय र वडाध्यक्षको आरोप

रिग्दीखोलामा अवैध उत्खनन् , गाउँपालिकाको आडमा  ढुंगा गिट्टी बालुवा उत्खनन् भएको स्थानिय र वडाध्यक्षको आरोप

कुरिनटार, १० माघ । रिग्दीखोलामा गत एक बर्ष देिख अवैध रुपमा ढुंगा गिट्टी बालुवा अबैरुपमा उत्खनन् हुदै आएको छ । वडा नम्बर २ वल्र्याङ स्थित रिग्दिखोलामा गाउँपालिकाको संरक्षणमा नै अबैध उत्खनन् हुदैँ आएको स्थानीयहरुले आरोप लगाएका छन् ।
स्थानियका अनुसार गत एक बर्षदेखी अबैध उत्खनन् हुदैँ आएका छन् । उत्खनन्मा संलग्नहरुले गाउँपालिकासँग समन्वय गरेर उत्खनन् गरेको बताउने गरेका छन् ।
वडाध्यक्ष पञ्च बहादुर चेपाङले पनि अबैध उत्खनन् भइरहेको र आफुले रोक्न नसकेको स्वीकार गरेका छन् । उनले गाउँपालिकाको आडमा नै उत्खनन् भइरहेको आरोप लगाए । आफुले रोक्न खोज्दा वडासंग कुनै सरोकार छैन गाउँपालिकाले अनुमति दिएको हो भनेर उल्टै आफुहरुमाथि आक्रोश पोख्ने गरेको बताए । उनले भने हामीले रोक्न खोज्यौँ तर स्थानीय उत्तर गुरुङ लगायतले वडाको अधिकार छैन गाउँपालिकासंग समन्वय गरेर उत्खनन् गरेको हो भन्दै थर्काउने गर्छन् । ’
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङलाई यस विषयमा जानकारी गराउँदा कुनै सुनाई नभएको उनले बताए । एक पटक उपाध्यक्ष कृतिकुमार श्रेष्ठले रोक्न भने पछि आफुले रोक्न प्रयास गर्दा वडाको अधिकार छैन भन्दै उत्खनन्मा संलग्नहरुले धम्की दिएको उनको भनाई छ । उत्खनन् भएको स्थलमा अध्यक्ष उपाध्यक्ष धेरै पटक पुगेको र थाहा हुँदा पनि नभए जस्तो गरेको उनको आरोप छ ।
यता अध्यक्ष गीता कुमारी गुरुङले भने अहिले सम्म वडाध्यक्षले जानकारी नै नगराएको बताइन् । गाउँपालिकाले उत्खनन्का लागि कसैलाई अनुमति नदिएको उनले बताईन् । राष्ट्रिय गौरवको योजना एडिबिले निर्माण गरिरहेको शक्तिखोर–फिस्लिङ सडकका लागि ढुंगा गिट्टी बालुवा आवश्यक पर्ने भएकाले माग बमोजिम उपलब्ध गराउनका लागि कार्यपालिका बैठक बसी निर्णय गर्ने उनको भनाई छ । त्यसको लागि स्थलगत थप अध्ययन गरि वातावरणीय प्रभाव मुल्याङ्कन पश्चात मात्र निर्णय गर्न सकिने उनले बताइन् ।
वडाध्यक्ष चेपाङका अनुसार उत्तर गुरुङ लागयतले निर्माणधिन सडकको पेटी ठेकदारको रुपमा काम गर्छन् । उनिहरुले सो सडकमा अबैध रुपमा उत्खनन् गरि ढुंगा गिटी बालुवा प्रयोग गर्दे आएका छन् । गाउँपालिकाको अनुमती छ भन्दै वडाको अधिकार छैन भनी धम्क्याउने गर्छनन् ।