इच्छाकामना गाउँपालिकाको दशौँ गाउँसभा सुरु, विभिन्न व्यक्तिहरु सम्मानित

इच्छाकामना गाउँपालिकाको दशौँ गाउँसभा सुरु, विभिन्न व्यक्तिहरु सम्मानित

कुरिनटार : चितवनको इच्छाकामना गाउँपालिकाको दशौँ गाउँसभा सुरु भएको छ। आज गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले एक कार्यक्रमकाबिच सभाको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा विभिन्न दलका प्रतिनिधि, कर्मचारी, पूर्व कर्मचारी विभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेका थिए ।
सो अवसरमा शिक्षक,कर्मचारी भूपू कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतलाई सम्मान गरेका थिए ।
सो अवसरमा गाउँपालिकाले पर्यटकीय स्थलहरुलाई समेटिएर बनाएको गीता समेत सार्वजनिक गरेका थिए । उक्त गीतमा चेतन सापकोटाको स्वर संगित र गाउँपालिका अध्यक्ष गुरुङको शब्द रहेको छ ।