आज देशका केही स्थानमा हल्का हिमपात र बर्षाको सम्भावना

आज देशका केही स्थानमा हल्का हिमपात र बर्षाको  सम्भावना

काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल सुदुर पश्चिम प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरुमा आँशिक बदली रहेको छ। साथै सुदुर पश्चिम प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भएको छ।

दिउँसो देशभर आंशिक देखि सामान्यतया बदली रहने छ। सुदुर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक÷दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।