गोरखाको मनकामना केन्द्र बिन्दु भएर भूकम्प

गोरखाको मनकामना केन्द्र बिन्दु भएर भूकम्प

गोरखा : गोरखाको मनकामना केन्द्र बिन्दु भएर भूकम्प गएको छ । बुधबार ४ बजेर ५४ मिनेट जादाँ मनकामना आसपास क्षेत्र केन्द्र बिन्दु बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यो भूकम्प ०७२ सालमा गएको बिनाशकारी भूकम्पको पराकम्प भएको पनि केन्द्रले जनाएको छ । हाल सम्म भूकम्पबाट कुनै क्षति भएको विवरण नआएको प्रहरीले जनएको छ ।