यातायात कार्यालयमा बिचौलिया पस्न नदिनुस् : मन्त्री दाहाल

यातायात कार्यालयमा बिचौलिया  पस्न नदिनुस्  : मन्त्री दाहाल

काठमाडौँ : वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहाल ‘अविनास’ले बिचौलियाहरुलाई भित्र प्रवेश नदिन निर्देशन दिएका छन् । यातायात व्यवस्था कार्यालय एकान्तकुनाको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् ।
“पहिलो कुरो त हामी बिचौलियाहरुलाई भित्र पस्न नदिनुहोस् भन्छौँ, यदी त्यो पनि भएन भने पुलिस लगाएर भए पनि समाउँछौ र कारबाही गर्छौ, त्यसपछि कानुनी कारबाहीमा आएपछि त साइड लागिहाल्छ, मन्त्री दाहालले भने । ”
कार्यालयहरुमा कहीकतै सेटिङ रहेको पाएमा निर्मम तरिकाले कन्ट्रोल गर्ने मन्त्री दाहालले बताए । उनले भने, ‘कार्यालयभित्र कहीकतै कर्मचारीहरुको सेटिङ छ भने हामी खोजी हाल्छौ, त्यसलाई छोडिदैन हामी निर्मम तरिकाले कन्ट्रोल गर्छौँ ।’ यातायात मन्त्रालय वागमतीका सचिव अशोक शाहसहित मन्त्री दाहाल छड्के अनुगमनका लागि यातायात व्यवस्था कार्यालय पुगेका थिए ।
सचिव शाहले अनलाईन प्रणालीको विकास गरिनेने बताए । ढड्डा प्रणलीले गर्दा आएको समस्याहरुको छिट्टै समाधान गरिने बताए । ‘ अनलाईन प्रणली विकास गरि ढड्डा प्रणालीका कारण आएको समस्या समाधान गरिने छ, निति ऐन कानुन बनाएर वागमती प्रदेशलई नमुना बनाउने गरि काम गरिने छ ,सचिव शाहले भने ’ ।
साथै उनले मन्त्री दाहालको योजना अनुसार नै सबै कार्यालयहरुमा अनुगमन जारी राखी विचौलियाहरुलाई रोक्ने र घुसिया कर्मचारीलाई कारवाही गरिने बताए ।
सेवा ग्राहीको गुनासो आएपछि मन्त्री दाहालले छड्के अनुमगन गरेका हुन् ।