प्रदेशसभाको गरिमा बढाएको भन्दै यातायात मन्त्री घनश्याम दाहाल सम्मानित

प्रदेशसभाको गरिमा बढाएको भन्दै यातायात मन्त्री घनश्याम दाहाल सम्मानित

चितवन : बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहाल ‘अविनास’ सम्मानित हुनुभएको छ ।
प्रदेशसभा बैठकमा नियमित उपस्थित भई प्रदेशसभाको गरिमा बढाउनुभएकोले उहाँलाई सम्मान गरिएको हो । मन्त्री दाहाल सातौँ,आठौँ र नवौँ अधिवेशनमा नियमित उपस्थि हुनुभएको हो । उहाँलाई मंगलबार एक समारोहकाबिच सम्मान गरिएका हो । उहाँसगैँ नियमित बैठकमा उपस्थित हुने अन्य तीन जना प्रदेश सभा सदस्यहरुलाई पनि सम्मान गरिएको छ ।
प्रदेश सभा सचिवालय बागमती प्रदेश हेटौँ मकवानपुरबाट प्रदान गरिएको सम्मान पत्रमा प्रदेश सभाको मिति २०७७माघ १८ गतेदेखि मिति २०७८माघ १७ गते सम्म सातौँ आठौँ र नवौँ अधिशेनमा भएको सबै बैठकहरुमा नियमित उपस्थित भई आफ्नो अमुल्य समय दिई प्रदेश सभाको गरिमा उच्च राख्नुभएकोमा यहाँको योगदानको कदर स्वरुप यो सम्मान पत्र प्रदान गरिएको छ ।