नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा हरि बहादुर थापा चयन

नेकपा माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा  हरि बहादुर थापा चयन

कुरिनटार : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र इच्छाकामनाको अध्यक्षमा हरि बहादुर थापा निर्वाचित हुनुभएको छ । पार्टीको आज भएको भेलाले प्रथम अधिवेशनबाट उपाध्यक्षमा निर्वाचित थापालाई अध्यक्षमा निर्वाचित गरेको हो। पार्टीको यहि मंसिर ११ गते सम्पन्न प्रथम अधिवेशनबाट निर्वाचित भएका नेकपा माओवादी केन्द्र इच्छाकामना पार्टी कमिटीका अध्यक्ष प्रताप गुरुङ र उपाध्यक्ष सावित्रा सिलवाल पार्टीकै बागमति प्रदेश कमिटीमा निर्वाचित भएपछि उक्त पद रिक्त रहेको थियो। रिक्त रहेको पदमा आज पदाधिकारी चयन गरेको हो। पुनःगठन गरिएको कमिटिको पदाधिकारीहरुमा उपाध्यक्षमा राम प्रसाद बोहोरा, तुल बहादुर गुरुङ र सम्झाना खड्का सिलवाल, सचिवमा रामहरी कंडेल, सह–सचिव सरद पोखरेलका साथै कोषाध्यक्षमा ईन्द्र माया मगरलाई चयन गरेको छ।