नेकपा माओवादी केन्द्र गण्डकी गाउँ कमिटीले पूर्णता पायो

नेकपा माओवादी केन्द्र गण्डकी गाउँ कमिटीले पूर्णता पायो

बुट्टार ,२२ माघ । नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिका कमिटीले पूर्णता पाएको छ । आज सम्पन्न तेश्रो गाउँ किमिटी बैठकले बाँकी पदाधिकारीहरुको टुंगो लगाएका हुन् ।
बैठकले बाँकी रहेको पदहरुमा उपाध्यक्षमा रामप्रसाद रेग्मि, सह–सचिवमा दुर्गा गुरुङ र कोषाध्यक्षमा एक बहादुर थापालाई चयन गरिएको हो ।
यस अघि गाउँ सम्मेलनले सिताराम रसाइलीलाई अध्यक्ष र तूलसी रेग्मिलाई सचिवमा चयन गरे पनि अन्य पदाधिकारीहरु टुंगो लगाउन सकेका थिएनन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य परशुराम रम्तेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टी वडा कमिटी र विभिन्न भातृ संगठनका प्रतिनिधिहरुले रिर्पोटिङ गरेका थिए ।

वाइसियल इन्चार्ज चिज कुमार गुरुङ, एकिकृत शिक्षक संगठनका अधयक्ष नेत्र श्रेष्ठ, अखिल क्रान्तिकारीका सुन्तोष मरहठ्ठा र पार्टीका आठ वटै वडाका अध्यक्षहरुले रिर्पोटिङ गरेका हुन् । कार्यक्रममा गण्डकी प्रदेश समिति सदस्य दीपक तिमल्सिना (साकार), अंकुर तिमल्सिना (आयाम), गण्डकी प्रदेश सदस्यहरु जीवन गुरुङ, राजकुमार सुनार, भगवती चेपाङ, र प्रदेश सल्लाहकार समितिका सचिव वासुदेव रेग्मि लगायतको आतिथ्यता रहेका थिए ।
नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिका अध्यक्ष सिताराम रसाइलीको अध्यक्षतामा रिभरफन रिर्सोटको सभाहल बुट्टारमा सम्पन्न भएको हो ।
कार्यक्रम गाउँ कमिटी सचिव तूलसी रेग्मिले सञ्चालन गर्नुभएको थियो ।