छिम्केश्वरीमा लगातार दुई रात हिउँपरेपछि आन्तरिक पर्यटक बढे

छिम्केश्वरीमा लगातार दुई रात हिउँपरेपछि आन्तरिक पर्यटक बढे

आँबुखैरेनी : तनहुँको आँबुखैरेनी गाउँपालिका स्थत छिम्केश्वरीमा हिउँपरेपछि आन्तरिक पर्यटकहरु बढेका छन् । बिहिबार र शुक्रबार राती लागातार हिउँपरेपछि हिउँ खेल्न आँबुखैरेनी, मुग्लिन र आसपासका स्थानहरुबाट हिउँ खेल्न आउनेहरुको भीड लागेका हुन् । बिहिबार राति हिउँपरेपछि शुक्रबार फाट्टफुट्ट मात्र पुगेका भएपनि शनिबार भने हिउँ खेल्न आउनेहरु बढेको छिम्केश्वरी मन्दिरका पुजारी पदम गुरुङले बताउनुभयो ।
उहाँका अनुसार बिहिबार राति भन्दा शुक्रबार राति हिउँ बढी परेका हुन् । उहाँका अनुसार यस अघि ३६ साल तिर यहाँ हिउँ परेका थिए ।

तनहुँ जिल्लाकै सबैभन्दा अग्लो डाडाँ छिम्कालेकमा हिउँ परेको छ। समुन्द्री सतहदेखि २ हजार १ सय ३४ मिटरको उचाईमा रहेको जिल्लाकै सबैभन्दा अग्लो डाँडा छिम्कालेकमा यसपटक हिउँ परेको हो।
उक्त स्थानमा हिउँ परेपछि त्यस वरपरका दृश्यहरु मनमोहक देखिएको छ । हिमपात हुने छिम्केश्वरी तनहुँकै एकमात्र स्थान हो ।