सिद्धार्थ बिजनेस ग्रुपले आफ्नो २४ औं वार्षिकोत्सब विभिन्न सामाजिक कार्यगरि मनाउदै।

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालीटीले आफ्ना बिभिन्न शाखाहरुमा बिभिन्न कार्यक्रम गरेर आफ्नो २४ औँ बार्षिक उत्सब मनाएको छ ।
एक महिना सम्म एनिभर्सरी सेलिब्रेसन मन्थ को रुपमा आफ्ना पाहुनालाई निःशुल्क चीया कफी कुकिज को व्यवस्था गर्न लागेको सिद्धार्थ ग्रुपले आफ्ना बिभिन्न शाखामा कार्यरत महिला कर्मचारीलाई मासिक रुपमा निःशूल्क सेनेटरी प्याड उपलब्ध गराउने बताएको छ । बार्षिक उत्सब मनाउने क्रममा इच्छाकामना ३ चुम्लिङ्गटारमा अबस्थित सिद्धार्थ रिसोर्टले राष्ट्रिय आधारभूत बिद्यालय चैबुङ्ग (१– ५) मा अध्ययनरत बालबालिकालाई न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण गर्ने घोषणा गरेको छ ।
इच्छाखबर सँग कुरा गदै सिद्धार्थ रिसोर्टका प्रबन्धक किरण रिमालले सामाजिक उत्तरदायित्व अन्तर्गत यस अगाडी पनि बिभिन्न सामाजिक कार्य गरेको उल्लेख गर्दै सिद्धार्थले कोरोना महामारीको कारण बन्द भएको बिद्यालय खुलेपछि उक्त सामाग्री हस्तान्तरण गरिने बताए ।
