खर्पनमा योग शिविर सामुदायिक भवन निर्माण कार्य सुरु, मन्त्री दाहालद्वारा शिलान्यास

खर्पनमा योग शिविर सामुदायिक भवन निर्माण कार्य सुरु, मन्त्री दाहालद्वारा शिलान्यास

इच्छाकामना :  चितवनको इच्छाकामना ५ खर्पनमा योग शिविर सामुदायिक भवन निर्माण कार्य सुरु भएको छ ।बागमती प्रदेशको आर्थिक सहयोगमा उक्त भवनको निर्माण कार्य सुरु भएको हो ।

भवनको आज बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले शिलान्यास गर्नुभएको हो ।मन्त्री दाहालले समयमै भवन निर्माण कार्य सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले रु. १० लाखले भवन निर्माण सम्पन्न गर्न प्रयाप्त नहुने भएकाले थप वजेट उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने दुई जना जग्गादाताहरुलाई सम्मान समेत गरेका थिए ।
जग्गादाताहरु कमानसिङ्ग मगर र मोतिलाल क्याप्छेकी मगर लाई प्रमुख अतिथि समेत रहनुभएका घनश्याम दाहाल अविनासले दोसल्ला ओडाएर सम्मान गर्नुभयो । खर्पन आमा समूहका अध्यक्ष कृष्ण माया मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङ लागयतको आतिथ्यता रहनुभएको थियो ।