आज संसदमा एमसीसी टेबल नगर्ने गठबन्धनको निर्णय, प्रधानमन्त्री देउवा जुटे आन्तरिक छलफलमा

आज संसदमा एमसीसी टेबल नगर्ने  गठबन्धनको निर्णय,   प्रधानमन्त्री देउवा जुटे आन्तरिक छलफलमा

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता गठबन्धनको बैठक सकिएलगत्तै आफ्नै पार्टीका केही मन्त्री र नेताहरुसँग आन्तरिक छलफलमा जुटेका छन् ।

शुक्रबार बिहान एमसीसीबारे निर्णायक छलफल गर्न बसेको गठबन्धनका नेताहरुको बैठक सकिएपछि प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र बडु, कांग्रेसकी सचेतक पुष्पा भुसाललगायतलाई बालुवाटार बोलाएर छलफलमा जुटेका हुन् ।

आज बसेको सत्ता गठबन्धनको बैठकले संसदमा एमसीसी टेबल नगर्ने निर्णय गरेको छ ।

एमसीसीका सम्बन्धमा दलहरूबीच सहमति नजुटेपछि फेरि आइतबार बिहान १० बजे गठबन्धनको बैठक बस्ने भएको छ ।