इच्छाकामनाका १५० विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण।

इच्छाकामनाका १५० विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण।

इच्छाकामना गाउँपालिकाको दुई विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्यनरत १५० जना विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
इच्छाकामना गाउँपालिका -३ निवासी समाजसेवी प्रमोद पोखरेल र कृष्ण श्रेष्ठको संयाेजन साथै लायन्स क्लब अफ काठमाडौं क्यापिटलकाे सहयोगमा सर्व शान्तिमावि कुरिनटारमा १ देखि ५ सम्मका १२० जना विद्यार्थीहरूलाई र त्रिबेणि बराह
मावि मुग्लिङ्गमा अध्यनरत ३० जना विद्यार्थी लाइ झोला सहित शैक्षिक सामाग्री वितरण गरियको थियो । विद्यालयले दाता सहयाेगी साथै समाजसेवी हरु लाई हार्दिक धन्यबाद स्वरुप कदरपत्र ( मायाको चिनो ) प्रदान गरियको थियो । कार्यक्रको प्रमुख अतिथि लायन्स क्लब अफ काठमाडौं , क्यापिटलकाे अध्यक्ष त्रिदिप कुमार श्रेस्ठ हुनुहुन्थ्यो ।