राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इच्छाकामनाको अध्यक्षमा सोनाम हुसेन

कुरिनटार : इच्छाकामनामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संगठन विस्तार गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि सोनाम हुसेनको अध्यक्षतामा १० सदस्यीय गाउँपालिका स्तरीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा सत्संग सिलवाल, सचिवमा दिपेन्द्र खड्का, सहसचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्षमा रविना खड्का चयन भएको छ ।
यस्तै सदस्यहरुमा विवेक गुरुङ, सन्तबहादुर तामाङ, शिव मगर, रुपेश गुरुङ चयन भएको छ । राप्रपा केन्द्रीय सहमहामन्त्री रिना गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मनमाया गुरुङ, प्रदेश सदस्य ज्ञानुजंग लामा, चितवन क्षेत्र नम्बर १ का अध्यक्ष बलराम खनाल, १ ख का अध्यक्ष हरिशरण भट्टराई, २ क का उपाध्यक्ष निमा लामा, भरतपुर महानगर कमिटि सदस्य ओमकार महतो, महिला संगठन माडी सदस्य लक्ष्मी दाहाल लगायतको सहभागिता रहेको थियो ।
