इच्छाकामनामा एमसीसी पक्षधरका सांसदहरुलाई निषेध, गाउँपालिका कार्यालयको प्रवेशद्धारमा विप्लवको ब्यानर

इच्छाकामनामा एमसीसी  पक्षधरका सांसदहरुलाई निषेध,  गाउँपालिका  कार्यालयको प्रवेशद्धारमा विप्लवको ब्यानर

कुरिनटार : चितवनको इच्छाकामनामा सांसदहरुलाई प्रवेश निषेध गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको पक्षधरका सांसदहरुलाई प्रवेश निषेधको घोषणा गरेका हुन् ।
सो पार्टीका गाउँकमिटी इन्चार्ज रघुबिरले एमसीसीको पक्षधरका सांसदहरुलाई गाउँपालिकामा निषेध गरिएको बताउनुभयो ।
इन्चार्ज रघुबिर,सेक्रेटरी विपिन र युवा संगठन नेपालका अध्यक्ष सन्तोष मगर लगायतको उपस्थितिमा गाउँपालिका कार्यालयको प्रवेशद्धारमा ब्यानर समेत टाँसिएको छ ।
ब्यानरमा राष्ट्रघाती एमसीसी खारेज गर, एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुलाई इच्छाकामना पालिकामा प्रवेश निषेध लेखेका छन् ।