चितवनमा ठूलो परिमाणमा अबैध कपडा बरामद

चितवन : चितवनमा ठूलो परिमाणमा कपडा बरामद भएको छ । पुर्वी चितवनको खैरहनीमा भन्सार छलेर ल्याइएको अबैध कपडा बरामद गरिएको हो ।
इलाका प्रहरी कार्यालय खैरहनीले पर्सा चोकबाट ट्रकमा लुकाई ल्याएको अबस्थामा एक करोड बढी मुल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज सुवास भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले चार वटा रड बोकेको ट्रकमा लुकाएर ल्याउदै गरेको अबस्थामा सो कपडा बरामद गरेको हो ।
विशेष सुचनाका आधारमा ठुलो परिमाणको अबैध कपडा बरामद गर्न सफल भएको प्रहरीको भनाई छ ।
