ग्याल्पो ल्होसारको शुभकामना दिदैँ प्रधानमन्त्री देउवाले भने– अल्पसंख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील

ग्याल्पो  ल्होसारको  शुभकामना दिदैँ प्रधानमन्त्री देउवाले भने– अल्पसंख्यक र सीमान्तकृतका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैँ क्रियाशील रहेको बताएका छन् ।

शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार तथा नयाँ वर्ष २१४९ क्षु(फो(ताक्लोको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित एवं धार्मिक, सांस्कृतिक पर्व र परम्पराको संरक्षणमा सरकार क्रियाशील रहेको बताएका हुन् ।

नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक रहेको उल्लेख गर्दै देउवाले भनेका छन्,ु यहाँ हरेक जातजातिका आ–आफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति छन् । सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान हो ।ु

उनले स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गरेका छन् ।