इच्छाकामनाको ढुंग्रेमा घरघरमा धारा, स्थानीयवासी खुशी

ढुंग्रे: घरघरमा धारा पुगेपछि चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ ढुंग्रेका वासिन्दाहरु खुशी भएका छन् । पुस्तौँदेखि खानेपानी जोहो गर्न घण्टौँ टाढा पुग्नुपर्ने सो गाउँका वासिन्दाहरु घरघरमा धारा पुगेपछि स्थानीयवासीहरु खुशी भएका हुन् ।
गाउँपालिकाको विकटमा रहेको साविकको चण्डी भञ्ज्याङ गाविस समेत रहेको ढुग्रे गाउँ र आसपासका गाउँका वासिन्दाहरुले पुस्तौँदेखि खानीपानीको समस्या झेल्दै आएका थिए ।श्री माध्यामिक विद्यालय ढुंग्रेका प्रधानाध्यापक समेत रहनुभएका स्थानीय विश्वनाथ गुरुङले पुस्तौँदेखी खानेपानीको समस्या हल भएकोमा स्थानिय सरकारलाई धन्यावाद दिनुभयो । पुस्तौँदेखी घण्टौ लगाएर कुवाबाट पानी भरेर उपभोग गरिरहेको यहाँको बासिन्दाले स्थानीय सरकार आएसगैँ घरघरमा धारा आउँदा आफुहरु खुशी भएको बताउनुभयो उहाँका अनुसार यस अघि यहाँ प्रत्येक घरका एक जनाको काम नै दिनभर पानी जोहो गर्नमा लाग्नुपर्ने अवस्था रहेका थिए ।
स्थानीय गुरुङले भन्नुभयो, “एक गाग्री पानी लिन घण्टौ लगाएर धाउनुपर्ने बाध्यता हटेको छ, एक जनाको काम नै विहान ४ बजेदेखि दिनभर पानीको जोह गर्नुपर्ने हुन्थ्यो, पानीको धारा घरघरमा आगमनै आएपछि गाउँलेले सुखको अनुभूति गरेको गरेको छ ।” बर्षौदेखीको आफुहरुले पहल गरिरहेपनि स्थानीय सरकार आएसगैँ पुरा भएको उहाँको भनाई छ ।
गाउँमा खानेपानीको अभाव हटेपछि समयको बचत हुदाँ मेलापात घरधन्दा गर्नसमेत सजिलो हुन थालेको स्थानीयवासीको भनाइ छ ।
आयोजना उपभोक्ता समितिका अध्यक्ष डिलकुमार गुरुङका अनुसार ढुंग्रे तुन्तेष खानेपानी तथा सरसफाई आयोजना अन्तरगत ८० घर धुरी रहेका छन् । सो आयोजनाबाट ५१६जना जनसंख्या लाभान्वित भएका छन् ।
सो आयोजना ८९ लाख ८२हजार २९६ लागतमा सम्पन्न भएको उहाँले बताउनुभयो । गाउँपालिकाको ७८ लाख ६४ हजार स्थानीय उपभोक्ताबाट ११ लाख १८ हजार २९६ बराबरको श्रमदानमा सम्पन्न भएको हो । उक्त आयोजनामा वाइनटुवाटर नेपालको प्राविधिक सहयोग रहेको छ ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले मसहानदेखि मुख सम्मभ भन्ने नाराका साथ स्थानीय सरकारले एकघर एक धारा अभियानलाई तीब्र पारिएको बताउनुभयो । गत बर्ष मात्र मोटरबाटो पुगेको सो गाउँमा घरघरमा पानीको धारा पुगेपछि व्यवसायी तरकारी खेती गर्न समेत स्थानीयलाई सहज भएको अध्यक्ष गुरुङको भनाई छ । गाउँगाउँमा मोटरबाटो र पानी धारा पुगेसगैँ व्यवसायी खेती तर्फ स्थानीयहरुालाई आकर्षित गर्न कृषि तालिमका साथै अनुदानका कार्यक्रम समेत सञ्चालन समेत गरिरहेको उहाँको भनाई छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना विशेष गरि तरकारी तथा फलफुलखेतीका लागि उर्वर भूमि मानिन्छ ।
