प्रदेशस्तरीय छनौट खेलकुद प्रतियोगिता : तेक्वान्दो तर्फ मुग्लिनकी सुप्रिका गुरुङ प्रथम

प्रदेशस्तरीय  छनौट खेलकुद प्रतियोगिता  :  तेक्वान्दो  तर्फ मुग्लिनकी सुप्रिका गुरुङ प्रथम

चितवन : बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जारी जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगितमा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम भएकी छिन् ।गुरुङ्गले आज भएको ७३ के.जी. महिला समुह तर्फ कालिका नगरपालिकाका मोनिका तामाङलाई हराउन सफल भएकी हुन् । उनले इच्छाकामना तेक्वान्दो डोजाङको तर्फबाट सहभागीता जनाएकी थिइन् ।
बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा इच्छाकामना गाउँपालिकाबाट ८ मध्ये ७ विधामा सहभागीताका लागि खेलाडी पठाएको थियो । जिल्लाबाट छनौट भएका खेलाडीले हेटौडामा हुने बागमति प्रदेश स्तरीय खेलकुदमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही फाल्गुण २८ देखि चैत्र ५ गतेसम्म हुने बागमति प्रदेश खेलकुद विकास परिषद्का सदस्य उत्तम गुरुङ्गले जानकारी दिएका छन् ।