कांग्रेस चितवन अधिवेशन : सभापतिको मतगणना सुरु

चितवन : नेपाली कांग्रेस चितवनको अधिवेशन अन्तरगत मतगणना सुरु भएको छ । पहिलो चरणमा सभापति तर्फको मतगणना सुरु भएको हो । नयाँ नेतृत्वका लागि आज भएको मतदानमा २ हजार ८ सय २० मत खसेका थिए ।
नारायणगढस्थित नारायणी कलामन्दिरमा विहान १०ः३० बजेदेखि अपरान्ह ६ः३० बजेसम्म मतदान चलेको थियो । कुल २ हजार ९४५ मतदाता रहेकोमा उक्त मत खसेको निर्वाचन समितिका सदस्य श्रीराम दुवाडीले जानकारी दिए ।
कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसके दोस्रो चरणमा मतदान हुनेछ ।सभापतिका लागि पाँच जना चुनावी मैदानमा छन् । संस्थापन समूहबाट मिलनबाबु श्रेष्ठ र संस्थापनइतर समूहबाट राजेश्वर खनाल, उत्तम जोशी, डा।सूर्यकान्त घिमिरे र कैलाश कोइराला छन् । खनाललाई शेखर कोइरालाको राम्रो साथ छ भने जोशीलाई डा।शशांका कोइराला र घिमिरेले रामचन्द्र पौडेलको साथ छ । कोइरालालाई भने कुनै समूहले पनि आफ्नो मानेको छैन ।
