नेपाल सुपर लिगको अक्सन सकियो। इच्छाकामनाका यदु सिलवाल बिराटनगर क्लबमा अनुबन्धित

नेपाल सुपर लिगको अक्सन सकियो। इच्छाकामनाका यदु सिलवाल बिराटनगर क्लबमा अनुबन्धित

दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) सकिएको छ ।

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए । जसमा इच्छाकामनाका युवा खेलाडी यदु सिलवाललाई बिराटनगर फुटबल क्लबले १ लाख रुपैयामा अनुबन्ध गराएको छ। चैत २६ गते बाट सुरुहुने प्रतियोगितामा यदुले चर्चित खेलाडी मनिस डागी लगायत सङ एउटै टिमबाट प्रतिस्पर्धा गर्नेछ्न।

एनएसएलको दोस्रो संस्करणको खेल चैत २६ देखि जेठ ७ गतेसम्म काठमाडौ र पोखरामा हुनेछ । यो सिजनमा टिम संख्या ७ बाट बढाएर १० पुराइएको छ।