नेपाल महिला संघ गण्डकी गापाको सभापतिमा गीता दाहाल

नेपाल महिला संघ गण्डकी गापाको सभापतिमा गीता दाहाल

गोरखा : गोरखाको गण्डकी गाउँपालिकामा नेपाल महिला संघको तदर्थ समिति गठन गरिएको छ । नेपाली कांग्रेस क्षेत्रिय सभापति नारायण लामिछानेको प्रमुख आतिथ्यमा भूम्लिचोकमा शनिबार सम्पन्न भेलाले गीता दाहालको नेतृत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।
भेलाले सभापतिमा गीता दाहाल, उपसभापतिमा विना श्रेष्ठ, सचिवमा उर्मिला भूजेल, सचिवमा मिना पन्त, सह–सचिवमा बालिका गौतम र कोषाध्यक्षमा गीता देवकोटालाई चयन गरिएको छ ।
नेपाली कांग्रेस क्षेत्रिय सभापति नारायण लामिछानेको प्रमुख अतिथि,गण्डकी गाउँपालिका अध्यक्ष तथा पार्टी सभापति होम बहादुर राना र गाउँपालिका उपाध्यक्ष तथा निवर्तमान जिल्ला सदस्य हाल क्षेत्रिय प्रतिनिधि ललिता अधिकारीको विशेष अतिथि र नेपाल महिला संघ गोरखा क्षेत्र नम्बर १ सभापति फुलमाया गुरुङको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।
कार्यक्रम नेपाल महिला संघ क्षेत्र नम्बर १ का सदस्य लक्ष्मी धमलाले सञ्चालन गर्नुभएको थियो ।