सुनको मूल्य बढ्यो, तोलामा एक लाख रुपैयाँ नाघ्यो

काठमाडौँ : साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।
चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ । आज एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
