अनेमसंघ क्रान्तिकारी इच्छाकामना ३ को अध्यक्षमा राधादेवी पोखरेल

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ३ को अध्यक्षमा राधादेवी पोखरेल

चुम्लिङटार : माअ‍ोवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (अनेमसंघ क्रान्तिकारी )इच्छाकामना वडा नम्बर ३ को अध्यक्षमा राधादेवी पोखरेल चयन हुनुभएको छ । चुम्लिङटारमा सम्पन्न वडा भेलाले पोखरेलको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

भेलाले उपाध्यक्षमा कमला चेपाङ, सचिवमा मिश्रा गुरुङ ,सह–सचिवमा अनुसा चेपाङ र कोषाध्यक्षमा सुमित्रा पोखरेललाई चयन गरेका छन् ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य प्रताप गुरुङको प्रमुख अतिथि तथा प्रदेश कमिटी सदस्य सावित्री सिलवालको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्र बागमतीका प्रदेश परिषद सदस्य प्रकाश पोखरेल,माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि बहादुर थपा, माओवादी केन्द्र वागमती प्रदेशका सल्लाहाकार तथा वडा नम्बर ३ का वडाध्यक्ष गोवद्र्धन अधिकारी, वडा नम्बर ४ का वडा सदस्य बाबु काजी त्रिपाठी, माओवादी केन्द्रका वडा नम्बर ३ का अध्यक्ष शिव पौडेल,अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवाल लगायतको आतिथ्यता रहेका थिए ।
विन्दा अधिकारीको सभापतित्वमा भेला सम्पन्न भएको हो ।