अनेमसंघ क्रान्तिकारी इच्छाकामना ५ को अध्यक्षमा सोभा पाण्डे

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ५ को अध्यक्षमा सोभा पाण्डे

कुरिनटार : अखिल नेपाल महिला संघ क्रान्तिकारी ( अनेमसंघ )इच्छामना ५ को अध्यक्षमा शोभा पाण्डे चयन हुनुभएको छ । आज तामिनमा सम्पन्न भेलाले पाण्डेलाई अध्यक्षमा चयन गरिएको हो । साथै भेलाले उपाध्यक्षमा कृष्ण माया मगर, सचिवमा शुसिला मगर ,सह–सचिवमा विष्णु माया बिक र कोषाध्यक्षमा बबी गुरुङलाई चयन गरिएको छ ।
वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालको प्रमुख अतिथि, नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्यहरु प्रताप गुरुङ र सावित्री सिलवालको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलामा माअ‍ोवादी केन्द्र बागमती परिषद सदस्य प्रकाश पोखरेल, माओवादी केन्द्रका इच्छाकामनाका अध्यक्ष हरि बहादुर थापा , अखिल नेपाल महिला संघ इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवाल लगायतको उपस्थिति रहेका थिए ।