पूर्व मन्त्री भण्डारीद्वारा पुलजीप युवा क्लब कार्यालयको उद्घाटन

पूर्व मन्त्री भण्डारीद्वारा पुलजीप युवा क्लब कार्यालयको उद्घाटन

तनहुँ : आँबुखैरेनी गाँउपालिका–४, संगमटोल स्थित नवनिर्मित पुलजीप युवा क्लब कार्यालयको आज उद्घाटन गरिएको छ । एक समारोहकाबीच नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले झण्डैं ८ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको पुलजीप युवा क्लब कार्यालयको उद्घाटन गर्नुभएको हो । पुलजीप युवा क्लबका अध्यक्ष बिजय गुरुङ्गको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, नेपाली कांग्रेस तनहुँ जिल्ला उपसभापति देव कुमार श्रेष्ठ, नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य पवित्रा गौली लगायतको उपस्थिति रहेका थिए । कार्यक्रममा क्लबको भवन सफलतापुर्वक निर्माण कार्य सम्पन्न गराउन आर्थिक तथा जिन्सि सामान सहयोग गर्नुहुने विभिन्न संस्था तथा व्याक्तिहरुलाई प्रमुख अतिथि भण्डारीबाट प्रशंसा पत्र वितरण गरेका थिए ।