नेपाली कांग्रेस चितवनको १४औं महाधिवेशनबाट इच्छाकामनाका दुइजना जिल्ला सदस्यमा निर्वाचित।

कुरिनटार-नेपाली कांग्रेस चितवनको १४औं महाधिवेशनबाट भुगोलतर्फ इच्छाकामनाका सावित्री पुडासैनी खनाल र माधव बहादुर घिमिरे जिल्ला सदस्यमा निर्वाचित भएका छन।
गत शुक्रबार सम्पन्न निर्वाचन प्रक्रिया अन्तरगतको मत परिणाम हिजो सार्वजनिक भएको हो। मत परिणाम अनुसार इच्छाकामना गाउँपालिका प्रत्यक्ष महिला तर्फ सावित्री पुडासैनी खनाल र मिश्रीमाया परियारको उम्मेद्बारी परेकोमा कुलमत २५०८ मा सावित्री पुडासैनी खनाललाई १४२२ मत तथा मिश्रीमाया परियारलाई १०८६ मत प्राप्त भएको थियो। त्यस्तै इच्छाकामना गाउँपालिका खुल्ला तर्फ पनि एक पदको लागि दुई जनाको उम्मेद्बारी परेकोमा कुलमत २४४६ मा माधव बहादुर घिमिरेलाइ १३३९ तथा मोदराज सिलवाललाई ११०७ मत प्राप्त भएको थियो।
केही दिन अगाडि सार्वजनिक मत परिणाम अनुसार महासमिती सदस्यमा इच्छाकामना बाट गाउँपालिका अध्यक्ष गिता कुमारी गुरुङ समेत निर्वाचित हुनु भएको थियो ।
