ताक्लुङ कोटगाउँमा एक पुरुषको शब झुण्डिएको अवस्थामा फेला

ताक्लुङ कोटगाउँमा एक पुरुषको शब झुण्डिएको अवस्थामा फेला

गोरखा : गोरखामा एक पुरुषको शब झुण्डिएको अवस्थामाफेला परेका छन् । शहिदलखन ४ ताक्लुङ कोटगाउँ स्थित आफ्नै घरको माथिल्लो तलाको धुरी बलोमा सलको पाँसो घाँटीमा लगाई झुण्डि मृतक अवस्थामा बर्ष ५८ को कृष्ण सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शवको जाँच मुचुल्का समेतको कार्य सम्पन्न गरी पोष्टमार्टमको लागि गोरखा अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।
मृतक कृष्ण सुनारको छोरा बर्ष २४ को खिल बहादुर सुनार मार्फत झुण्डि मृत्यु ज्यान शिर्षकमा जाहेरी दरखास्त लिई उल्लेखित घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरी निरिक्षक धर्म बहादुर अधिकारीले बताउनुभयो ।