क्षतिपुर्तीमा सहमती जुटेपछि तीन दिनपछि इच्छाकामना सवारी दुर्घटनाका मृतकका परिवारले शव बुझे

चितवन: फिस्लिङ–शक्तिखोर सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका २ रमाईलो डाँडामा शुक्रबार सवारी दुर्घटनामा परि मृत्यु भएकाको पीडित परिवारलाई १८ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमती भएको छ। इलाका प्रहरी कार्यालय टाँडीमा पीडित पक्ष र सवारी साधनका धनीबीच भएको छलफल पश्चात पीडित परिवारलाई १८ लाख रुपैयाँ क्षतिपूर्ती दिने सहमती भएको हो।
दुर्घटनाका पीडित पक्षले क्षतीपुर्तीको माग गर्दै शवको पोष्टमार्टम र शव बुझ्न अस्वीकार गरेका थिए। । तत्पश्चात क्षतीपुर्तीका लागि ठक्कर दिने सवारीका धनी अनिश कन्स्ट्रक्सनका प्रतिनिधी रोशन आचार्य र पीडित पक्षबिच छलफल गरेर सहमती गरेको मृतकका आफन्त स्थानीय अन्जान गुरुङले जानकारी दिनुभयो । सहमती सँगै दुर्घटना भएको तीन दिनपछि मृतकको शव पोष्टमार्टम गरी आज परिवारले शव बुझेका छन् ।
शुक्रबार साँझ शक्तिखोर –फिस्लिङ सडकखण्ड अन्तरगत इच्छाकामना गाउँपालिका २ वल्र्याङबाट शक्तिखोर तर्फ जादैँ गरेको प्रदेश २–०३–००२ प ५९८६ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आउदै गरेको ना १ क ८१०८ नम्बरको ट्याङ्ककर एकापसमा इच्छाकामना २ रमाइलो डाडाँमा ठोक्किदाँ मोटरसाइकलमा सवार तीन जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकरीले बताउनुभयो । दुर्घटनामा परि इच्छाकामना ३ का ३० बर्षिय तृर्की गुरुङ र उनकी छोरा ५ बर्षिय आरोन गुरुङ र इच्छाकामना २ बस्ने बर्ष २४ को नविन गुरुङको मृत्यु भएका थियो। प्रहरीका अनुसार ट्याङ्खरमा ठोक्किएपछि मोटरसाइकल सडकबाट ३०० मिटर तल खसेका थिए ।
ट्याङ्कर चालक रत्ननगर नगरपालिका ११ का सन्तराम दराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
