चितवनमा पनि घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान प्रारम्भ

चितवनमा पनि घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान प्रारम्भ

चितवनमा पनि घर–घर जाऔं, कांग्रेस जिताऔं अभियान प्रारम्भ भएको छ । आईतबार पार्टीका प्रतिनिधि एवं केन्द्रीय सदस्य अब्दुल सतारले अभियानको उद्घाटन गरे ।

सो अवसरमा उनले जनतामा छरिएका भ्रमहरु चिर्न अभियान सफल हुने विश्वास व्यक्त गरे । स्थानीय तह निर्वाचनको सम्मुखमा पार्टीको अभियान रहेकाले निर्धकक भएर एमसीसी लगायतबारे छरिएका भ्रम निवारण गर्न सतारको निर्देशन छ ।

जिल्लामा हुन सक्ने संभावित गठवन्धनबारे अहिलेनै चिन्ता नगर्न उनको आग्रह छ । देशमा जस्तो परिस्थिती उत्पन्न हुन्छ सोही अनुसार गठवन्धन हुने उनको भनाई थियो ।

कार्यक्रममा केन्द्रिय सदस्य टेकप्रसाद गुरुङ्ग, पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे, निवर्तमान सभापति जितनारायण श्रेष्ठ लगायतले संवोधन गरेका थिए ।

जिल्ला उपसभापति राजिव न्यौपानेका अनुसार पूर्ण कार्यतालिका सहित आगामी चैत्र २ गतेबाट घरदेलो नै शुरु हुनेछ । अभियानको उद्घान कार्यक्रम जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न भएको थियो ।