माओवादी केन्द्र बेनीघाट १० का अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश

धादिङ : नेकपा माओवादी केन्द्र बेनीघाट १० का अध्यक्ष विकास चेपाङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस बेनीघाट रोराङ १० को बृहत् पार्टी कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा आइतबार कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनि सहित ६० जना यूवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि एवं धादिङ क्षेत्र नम्बर १ का कार्य समिति सदस्य सन्तोष पौडेलले जानकारी दिनुभयो ।
नवप्रवेशीहरुलाई प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले खदा र टिका लगाएर स्वागत गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी, बागमती प्रदेशका योजना मन्त्री शन्त बहादुर प्रजा, निवर्तमान सभापति रमेश प्रसाद धमला, महाधिवेशन प्रतिनिधिहरू प्रभातकिरण सुवेदी, दिपकान्त थपलिया, देवी प्रसाद सिलवाल पूर्व महासमिति सदस्य कविता इटनि, प्रतिनिधि सभा क्षेत्र नं २ का क्षेत्रीय सभापति राकेश धमला, क्षेत्रीय सदस्य रमा डल्लाकोटी, बागमती प्रदेश प्रतिनिधि सन्तोष पौडेल, पूर्व जिल्ला सदस्य तथा महाधिवेशन प्रतिनिधि ज्ञानेन्द्र सिलवाल, नेपाली कांग्रेस बेनिघाट रोराङ्का सभापति ऋषिनाथ त्रिपाठी, उपसभापति ईश्वर श्रेष्ठ (मदन) स्थानीय नेताहरु कविराज अधिकारी, आनन्द अधिकारी, विनोद भट्टराई, कृष्ण प्रसाद डल्लाकोटी, महेन्द्र बहादुर डल्लाकोटी, हरिराम खतिवडा, कृष्ण प्रसाद देवकोटा, शम्भु रिजाल, वीरबहादुर घले, शंखराम चेपाङ, उत्तम कँडेल, शैलेश रिजाल अनिल रिजाल, राजन डल्लाकोटी, विक्रम राई, तेज बहादुर मगर, प्रेम राना मगर, सन्तोष घले, कुमारी डल्लाकोटी, लक्ष्मी पौडेल, पोष्टराज डल्लाकोटी, निरज रिजाल, प्रनिश अधिकारीका साथै बेनिघाट रोराङ् नेपाल तरुण दल अध्यक्ष प्रकाश भट्टराई, नेपाल शिक्षक संघका सचिव सूर्य डल्लाकोटी लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस बेनिघाट १० का सभापति उत्तम घलेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
