अनेमसंघ क्रान्तिकारी इच्छाकामना ६ को अध्यक्षमा विमला घिमिरे, काग्रेसका रेशम गुरुङसहित ५ जना माओवादी केन्द्रमा प्रवेश

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ६ को अध्यक्षमा विमला घिमिरे, काग्रेसका रेशम गुरुङसहित ५ जना माओवादी केन्द्रमा प्रवेश

कुरिनटार : अखिल नेपाल महिला संघ क्रान्तिकारी इच्छाकामना ६ को अध्यक्षमा विमला घिमिरे चयन हुनुभएको छ । आइतबार सम्पन्न भेलाले घिमिरेको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
भेलाले उपाध्यक्षमा कुमारी घर्ती,सचिवमा सुनिता गुरुङ, सह–सचिवमा भजन कुमारी गुरुङ र कोषाध्यक्षमा सृष्टि घर्ती मगरलाई चयन गरिएको छ ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङको प्रमुख आतिथ्यतामा समपन्न भेलामा बागमती प्रदेश सदस्य सावित्री सिलवाल, बागमती प्रदेश परिषद सदस्य प्रकाश पोखरेल, अखिल नेपाल महिला संघ क्रान्तिकारी (अनेमसंघ) इच्छाकामनाका अध्यक्ष सावित्री सिलवाल , नेकपा माओवादी केन्द्र इच्छाकामनाका, सचिव रामहरी कडेल लगायतको आतिथ्यता रहेका थिए ।
यसैबिच नेपाली कांग्रेसका रेशम गुरुङ सहित कांग्रेस र नेकपा एमालेका ५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनिहरुलाई प्रमुख अतिथि प्रदेश सदस्य प्रताप गुरुङले रातो टिका लगाएर स्वागत गर्नुभएको हो ।