चितवन प्रशासनको चेतावनी : होलीमा उच्छृङखल गतिविधि र जबरजबस्ती रंग दले कारबाही

चितवन प्रशासनको चेतावनी  :  होलीमा उच्छृङखल गतिविधि र जबरजबस्ती रंग  दले कारबाही

चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले होलीको अवसरमा उछृङ्खल कार्य गर्नेहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आज एक सुचना जारी गर्दै होली पर्व मनाउने नाममा विभिन्न उछृङ्ंखल क्रियाकलाप गरि जबरजस्ती रंग दली सर्वसाधरणलाई दुःख दिने कार्य गरेमा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
सुचनामा भनिएको छ, “फागु पुर्णिामा एंव रंगहरुको पर्व होली नजिकिदैँ गरेको सबैलाई बिदितै छ । विगत केही बर्ष यता आफ्नो रितिरिवाज तथा परम्परा विपरित होली पर्व मनाउने नाममा विभिन्न उच्छृङ्खल क्रियाकलाप गरि सर्वसाधरणलाई दुख दिने इच्छा बिपरित रंग दल्ने , लोला तथा फोहोर पदार्थले हान्ने,बाटो अवरोध गरि सवारी साधनबाट रकम असुल्ने,मादक पदार्थ तथा नसालु पदार्थ सेवन गरि अवाञ्छित उच्छृङ्खल एंव गैरकानुनी क्रियाकलाप गरि शान्ति सुरक्षा खलल पार्ने किसिमका गतिविधिहरु हुने गरेको पाइएकाले त्यास्ता कार्य नगर्न नगराउन हुन सम्बनिधत सबैमा सुचित गरिन्छ ।
समाजमा सुसंस्कार कायम गर्ने यस कार्यमा राजनितिक दल, नागरिक समाज , पेशागत संघसंस्थाहरु, सञ्चारकर्मीहरु र महिला सञ्जाल समेत सबैबाट प्रशासनले सहयोगको अपेक्षा राखेको छ ।
ऐन नियमको विपरित हुने गरि कोही कसैले अवाञ्छित एंव उच्छृङ्खल गतिविधि गरे गराएमा कानुन बमोजिमको कारबाही हुने ब्यहोरा समेत यसै सुचनाद्धारा जानकारी गराइन्छ । ”