तीन सय स्टाफ नर्सको माग, ४५ वर्षसम्मले दरखास्त दिन पाउने

काठमाडौं : लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ, तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ।
खुलामा १६५ जनाको माग गरिएको छ। यस्तै महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिटको माग छ।
आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर दस्तुर तिरेर अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भई ४५ ननाघेकाले आवेदन दिन पाउनेछन्।
