आज विश्वकप लिग २ मा नेपाल र पपुवा न्युगिनीबिच खेल हुदैँ सँग खेल्दै

आज विश्वकप लिग २ मा   नेपाल  र पपुवा न्युगिनीबिच खेल हुदैँ  सँग खेल्दै

काठमाडौं : मंगलबारदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ ।

नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ ।

यसअघि नेपालले श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो ।

लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म हुनेछ ।