काङ्ग्रेस सभापतिले मनाए चेपाङसग होलि

भरतपुर चैत ०३
नेपाली काङ्ग्रेस चितवनका सभापति राजेस्वर खनालले यश पटकको होलि सिद्धिका चेपाङ समुदाय सग मनाएका छन ।
आफू जिल्ला सभापतिमा निर्वाचित भएसंगै खनालले चेपाङ समुदायमा गएर उनिहरु सगै होलि मनाएका हुन । बिगत लामो समय देखिको मेरो इच्छा बल्ल आज पूरा भएको छ खनालले भने,दुखी गरिब सग चाडपर्व मनाउन पाउँदा म ज्यादै खुशी छु ।
यसैबीच कांग्रेसको घरघर जाऔं कांग्रेस जिताऔँ अभियान अन्तरगत कालिका नगरपालिकाको वडा नं ११ मा दुई सय ३५ जना कांग्रेसमा प्रबेश गरेका छन ।
आज भएको वडा भेलामा उनिहरु एमाले परित्याग गरि कांग्रेस प्रवेश गरेको नेपाली काङ्ग्रेस चितवनका सभापति खनालले बताउनु भयो । आफू हरु बिगत लामो समय देखि एमाले छाडेर काङ्ग्रेसमा आउन खोजिरहेको बताउदै उनिहरुले अहिले उचित समय आएकोले काङ्ग्रेसमा प्रवेश गरेको बताएका छन ।
खनाल जिल्ला सभापति बनेका कारण कांग्रेसमा आशा जागेको भन्दै पार्टी प्रवेश गरेको एक चेपाङले बताए ।
प्रवेश गर्नेहरु सबै चेपाङ समुदायका रहेका छ्न ।
कार्यक्रममा जिल्ला सभापती राजेश्वर खनाल, सचिब सुर्य अर्या, धुर्व पोख्रेल, निवर्तमान पार्टी सभापती जितनारायण श्रेष्ठ, महासमिति सदस्य सरोज गुरुङ, महाधिवेशन प्रतिनिधि कृष्ण भुजेल, नरजंग प्रजा महेन्द्र, टंक पौडेल, क्षेत्र न दुइ (क) का प्रदेश सभापति जनार्दन दाहाल, कालिकाका नगर सभापति दिपेश्वर केसि, नेताहरु कमल आचार्य, शिबराम केसि, लिला गुरुङ, कृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियोे ।
