इच्छाकामनामा कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित ६ जना माओवादी केन्द्रमा प्रवेश

कुरिनटार,५ चैत । इच्छाकामनामा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य सहित ६ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
कांग्रेसबाट निर्वाचित वडा नम्बर ५ का वडा सदस्य मनमाया विक सहित कांग्रेसका उत्तम गुरुङ (राजा),रमेश मगर, माया गुरुङ, देउ कुमारी विक र रीमा विक माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । एक कार्यक्रमकाबिच खदा र टिका लगाएर बागमती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले उनिहरुलाई पार्टीमा स्वागत गर्नुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य प्रताप गुरुङ, सावित्री सिलवाल, प्रदेश परिषद सदस्य प्रकाश पोखरेल, गाउँ कमिटी अध्यक्ष हरि थापा लागायतको उपस्थिति रहेका थिए ।
साथै आजै नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनको तयारी लगायतका विषयमा छलफल भएको माओवादी केन्द्र इच्छाकामनाले जनाएको छ ।
