मौसम : पहाडी भेगका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना

मौसम : पहाडी भेगका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं : आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना छ। हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।