मौसम : आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ : हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
महाशाखाका अनुसार मंगलबार पहाडी भूभागमा आंशिक बदली रहने छ । बुधबार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने आँकलन गरिएको छ । पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।
