इच्छाकामनामा स्वर्गिय गिरिजाप्रसाद कोइरालाको १२ औँ स्मृति दिवस मनाइयो

इच्छाकामनामा  स्वर्गिय  गिरिजाप्रसाद  कोइरालाको १२ औँ स्मृति  दिवस मनाइयो

चितवन : चितवनको इच्छाकामनामा पनि नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्पप्रधानमन्त्री स्वर्गिय गिरिजा प्रसाद कोइरालाको १२ औ स्मृति दिवस मनाइएको छ । कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरि मनाइएको हो । कांग्रेस जिल्ला उपसचिव दिनेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङ, जिल्ला सदस्यहरु माधव बहादुर घिमिरे, सावित्री पुडासैनी लगायतको उपस्थिति रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारी लगायत बोल्ने वक्ताहरुले स्वर्गिय गिरिजा प्रसाद कोइरालाले देश र जनताका लागि पु¥याउनुभएको योगदान बारे चर्चा गर्नुभएको थियो ।
सो अवसरमा विभिन्न पार्टी परित्याग गरि २१ जना कांग्रेसमा प्रवेश गरेका छन् । उनिहरुलाई प्रमुख अतिथि जिल्ला सहसचिव दिनेश अधिकारी खदा र टिका लगाएर स्वागत गर्नुभएको थियो । यसैबिच केही दिन अघि माओवादी केन्द्रमा प्रवेश गरेकी वडा सदस्य मनकुमारी विक कांग्रेसमै फर्किनुभएको छ । उहाँले आफु माओबादिमा प्रवेश नगरेको बाउनुभयो । सम्मान कार्यक्रम भनि झुक्याएर पार्टी प्रवेश गरेको आरोप लगाउनुभयो ।

कार्यक्रम नेपाली कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।