स्थानीय निर्वाचनमा एक्लै लड्ने काङ्ग्रेस चितवनको निर्णय

स्थानीय निर्वाचनमा एक्लै लड्ने काङ्ग्रेस चितवनको निर्णय

नेपाली कांग्रेस चितवनको “घर घर-जाऔं कांग्रेस जिताऔं” अभियान अन्तर्गत कालिका नगरपालिका वडा नम्बर-१ को सम्पर्क कार्यालयको आज बुधबार एक भब्य समारोहका बिच उद्घाटन गरिएको छ । नेपाली काङ्ग्रेस चितवनका सभापति राजेश्वर खनालले सम्पर्क कायलयको उदघाटन गर्दै नगरबासिहरुको साथ र सहयोग भएमा पछाडी परेको कालिका नगरपालिकालाई एक नम्बरमा ल्याउने बताए ।
प्रदेशले गरेको आर्थिक सुचाङककाे आधारमा कालिका नगरपालिका पछाडी परेको भन्दै तपाईहरुले काङ्ग्रेसलाई जिताउनु भयो भने हामी एक नम्बरको नमुना नगरपालिका बनाउने छौ यसमा कुनै दुई मत छैन । हामी सदैब कालिका नगर बासिहरुको साथमा छौ, तपाईहरु ढुक्क सग नेपाली काङ्ग्रेसलाई भोट हाल्नुस खनालले भने । यसैबीच विभिन्न पार्टी परित्याग गरि ३० जना ब्यक्तिहरु काङ्ग्रेसमा प्रवेश गरेका छन । अब देसमा काङ्ग्रेसको जनलहर आएको भन्दै काङ्ग्रेसमा प्रवेश गरेको नब प्रबेसिहरुले बताएका छन । यस्तै ६० बर्ष माथिका ६० जना जेष्ठ नागरिकहरुलाइ समानित गरिएको छ । समाजमा उच्च योगदान पुर्याएको भन्दै उनिहरुलाइ सम्मान गरिएको नेपाली काङ्ग्रेस चितवनका निबर्तमान सभापति जित नारायण श्रेष्ठले बताए । कार्यक्रममा क्षेत्रीय सभापति भरत लामिछाने, माहाधिबेसन प्रतिनिधि टकनाथ पौडेल,माहासमिती सदस्य सरोज गुरुङ, वडा अध्यक्ष लिला गुरुङ लगाएतले मन्तव्य दिएका थिए । कार्यक्रम वडा सभापति वाङ शेर्पाको सभापतित्वमा सम्मपन्न भएको थियोे ।
यसैबीच नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति चितवनले चितवनबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्यहरु, पुर्ब सभापतिहरु, बर्तमान र पुर्ब माननीयहरु सग स्थानीय निर्वाचनको सन्दर्भमा बृहत अन्तरक्रिया समपन्न गरेको छ । अन्तरक्रियामा बोल्ने बक्ताहरुले आगामी स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस एक्लै जानेमा जोड दिएका छ्न । आगामी चुनावमा नेपाली काङ्ग्रेस एक्लै लड्छ र बहुमत पनि ल्याउछ हामिहरु ढुक्क छौ उनिहरुले भने । यदि गठबन्धन गर्नेहो भने २०७४ सालको समानुपातिक तर्फको मतको आधारमा अगाडि बढ्ने बताए ।