मनकामना केबलकार सेवा एक दिन बन्द हुने

मनकामना केबलकार सेवा एक दिन बन्द हुने

कुरिनटार : नेपालको पहिलो केबलकार मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मत सम्भारको लागी चैत १४ गते सोमबार एक दिनको लागी बन्द गरिने भएको हो ।
मर्मत सम्भारपछि १५ गतेदेखि पुन : नियमित सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।
सो अवधिभर बटम स्टेशन स्थित रेष्टुरेन्ट सेवा यथावत रहने प्रालिले जनाएको छ ।