इच्छाकामनामा एक घर एक धारा अभियान : भालुमारे झुल खानेपानीको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

इच्छाकामना : चितवनको इच्छाकामना ७ मा निर्माण सम्पन्न भएको भालुमारे झुल खानेपानी तथा सरसफाई आयोजनाको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार वागमती प्रदेश खानेपानी तथा सिचाई मन्त्री बसन्त प्रसाद मानन्धरको प्रमुख आतिथ्य तथा श्रमरोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको विशिष्ट तथा गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ लगायतको को आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सरकार र स्थानीयको श्रमदान गरि रु.४ करोड ४१ लख २१ हजारको लागतमा आयोजना सम्पन्न भएको हो । प्रदेश सकारको रु ३ करोड ६० लाख ७६ हजार ८२० र जनश्रमदान रु ५३ लाख ४४ हजार ३०७ रहेको उपभोक्ता समितका अध्यक्ष पदम मगरले जानकारी दिनुभयो ।
आयोजना अन्तरगत २ वटा इन्टेक, पानी पोखरी आसीसी १ लाख टिरको १ वटा र ५० हजार लिटरको २ वटा, प्रसारण पाइप लाईन,१५.८१ किमी, वितरण पाइपलाईन ७.०२ किमी व्यक्तिगत धरार जडान ३३६, भल्व च्याम्बर १४ वटा, एयर भल्व च्याम्बर १, कार्यालय भवन १ वटा रहेका छन् ।
साथै उपभोक्ता समितिको तालिम २ पटक र सरसफाई अभिमुखीरकण कार्यक्रम ५ पटक रहेको अध्यक्ष मगरले जानकारी दिनुभयो ।
यस आयोजनाबाट ५६५ घरका ३ हजार ३९० जना जनसंख्या लाभान्वित भएका छन् ।
गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले गाउँपालिकामा एक घर एक धारा अभिायनलाई तीब्र पारिएको बताउनुभयो । उहाँले प्रदेश केन्द्र र विभिन्न संघसंस्थाको सहकार्यमा मुहानदेखी मुख सम्म भन्ने नाराका साथ एक घर एक धारा अभियान सञ्चालन गरिएको बताउनुभयो ।
